पाकिस्तानले भारतीय उच्चायुक्तलाई देश निकाला गर्यो

पाकिस्तानले भारतीय उच्चायुक्तलाई देश निकाला गर्यो

  • शुक्रबार, अशोज १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी असोज १४ । भारतसग‘ बढ्दो तनावका बीच पाकिस्तानले ईस्लामावादमा रहेका भारतीय उच्चायुक्त गौतम बम्बाबलेलाई देश छोड्न आदेश दिएको छ ।

भारतीय सेनाले सिमा क्षेत्रमा सर्जिकल स्ट्राईक गरेको भनी प्रचार गरेर झुटको खेती गरेको भन्दै पाकिस्तानले उच्चायुक्तलाई फिर्ता गरिदिएको हो ।

कास्मीरका जनताले भारतीय ज्यादती भोगीरहेको र त्यसको अन्तराष्ट्रिय समुदायबाट ध्यान मोड्न सर्जिकल स्ट्राईकको हल्ला गरिएको पाकिस्तानी विदेश मन्त्रालयले बताएको छ ।

यसैबीच आज पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफले मन्त्रीमण्डलको बैठक बोलाउनु भएको छ ।
आजको बैठकमा कास्मीरको सिमा क्षेत्रको अवस्था र भारत प्रशासित कास्मीरमा भारतीय अत्याचारको विषयमा चर्चा गर्ने प्रमुख एजेण्डा राखिएको छ ।
यसै गरी आगामी मंगलबार राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाईएको छ ।
त्यसमा भारतसग‘ जोडिएका चार प्रान्तका मुख्य मन्त्रीहरुलाई समेत सहभागी गराईने छ ।
यस्तै बुधबार संसदको बैठक बोलाईएको छ । बैठकले भारतले कास्मीरमा जनता विरुद्ध गरेको अत्याचारको भण्डाफोर गर्ने र राष्ट्रिय सुरक्षा र संभावित युद्धको बारेमा समिक्षा गर्ने अधिकारीहरुले जनाएका छन्् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी