सिरियाको एलेप्पोमा बढ्दो सैनिक हस्तक्षेपप्रति राष्ट्रसंघको चिन्ता

सिरियाको एलेप्पोमा बढ्दो सैनिक हस्तक्षेपप्रति राष्ट्रसंघको चिन्ता

  • आइतवार, अशोज ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी ९ असोज ।
संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले सिरियाको एलेप्पोमा बढ्दो सैनिक हस्तक्षेप र यसबाट सर्वसाधारण मारिने क्रम बढेकोमा दुःख व्यक्त गर्नुभएको छ ।

लगातार गरिएका हवाई र बम आक्रमणबारे चासो राख्दै महासचिव बानले विश्वभरको प्रतिवद्धता हुँदाहुँदै पनि मानवीय सुरक्षा गर्न विफल हुनु अत्यन्त दुःखदायी भएको बताउनु भयो ।

सिरियाली सरकारले विद्रोही नियन्त्रित एलेप्पोमा लगातार हवाई आक्रमण गर्दा त्यहाँको सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । संघर्षकै कारण त्यहाँका बीस लाख मानिस पानी पिउन नपाएको राष्ट्रसंघले जनाएको छ ।

पश्चिम एलेप्पो कब्जा गर्न आक्रामक रणनीति लिइएको सिरियाली सेनाले त्यहाँ लगातार आक्रमण गरिरहेको छ । सिरियाली सरकारी फौजलाई रुसले सघाएको छ भने विपक्षीलाई अमेरिकाले सघाएको छ ।

एलेपपोमा पछिल्लो आक्रमणमा मात्र २७ जना मारिएका थिए । सरकारी सेनाको हवाई आक्रमणमा उनीहरु मारिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी