काठमाडौ २९ असार ।
इटालीमा दुई वटा रेल अपासमा ठोक्किएर भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य थुप्रै मानिस घाइते भएका छन् ।
इटालीको दक्षिणी क्षेत्रमाको बारी र बार्लेट्टा बिचको तटीय शहर एड्रियामा रेल दुर्घटना भएको अन्तर्राष्ट्रिय सन्चार माध्यामले जनाएका छन् ।
एउटै रेलवे ट्रयाकमा दुई वटा रेल गुडेका कारण दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । दुर्घटनास्थलमा अहिले उद्दार कार्य भइरहेको छ ।
दुर्घटनाग्रस्त रेलको डिब्बाबाट निकालेर घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बिबीसीले जनाएको छ ।
तीब्र गतिमा चलेका दुई रेल एउटै ट्रयाकमा भएका कारण दुर्घटना भएको हो । प्रधानमन्त्री मेतियो रेन्जीले दुर्घटनाको जाँच गर्न आदेश दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline