अमेरीकाले दुई रुसी कुटनीतिज्ञलाई देश निकाला गर्यो

अमेरीकाले दुई रुसी कुटनीतिज्ञलाई देश निकाला गर्यो

  • शनिबार, असार २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एजेन्सी ,२५ असार ।

गत महिना मस्कोस्थित अमेरिकी दुतवास नजिकै आफ्ना एक कुटनीतिज्ञमाथि भएको आक्रमणको जवाफ स्वरुप अमेरिकाले दुई रुसी कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले दुई रुसी कुटनीतिज्ञलाई गत जुन १७ मा मुलुक छाड्न दिर्नेशन दिइएको बताउनुभयो । यद्यपी ती दुई रुसी कुटनीतिज्ञको नाम भने नखुलाइएको बीबीसीले जनाएको छ ।

प्रवक्ता किर्बीले जुनको पहिलो साता अमेरिकी कुटनीतिज्ञमाथि भएको आक्रमणको जवाफ स्वरुप उनीहरुलाई निस्कासन गरेको बताउनुभयो ।

गत जुन ६ मा मस्कोस्थित अमेरिकी दुतावासको सरक्षार्थ खटिएका सुरक्षाकर्मीले सुरक्षा जाँचका क्रममा एक अमेरिकी कुटनीतिज्ञमाथि आक्रमण गरेका थिए ।

रुसले ती व्यक्ति कुटनीतिज्ञ नभई अमेरिकी गुप्तचर संस्था ऋक्ष्ब् को एजेन्ट भएको र उनले आफ्नो परिचयपत्र देखाउन नमानेपछि सुरक्षाकर्मीले आवश्यक कदम चालेको जनाएको छ ।
अमेरिकी अधिकारीहरुले पछिल्लो समय आफ्ना कुटनीतिज्ञहरुमाथि रुसी सुरक्षा निकायबाट दुव्र्यवहारको घटना बढेको आरोप लगाउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी