एजेन्सी ,३ वैशाख । मानव तस्करी र कर छलीको आरोपमा प्रहरीले जर्मनीको बर्लिन शहरमा रहेको सबैभन्दा ठूलो बेश्यालय ब्रोथेल्समा छापा मारेको छ ।
बेश्यालयका व्यवस्थापकले सन् २००६ देखि कर छली गरेको भन्दै प्रहरीका ९ सय अधिकारीले बेश्यालयमा छापा मारेका हुन ।
त्यहाँका कर अधिकारीका अनुसार ब्रोथेल्सले १७.५ मिलियन युरो छली गरेको बुझिएको छ । त्यसैले यो छापा कर छली र मानव तस्करी विरुद्ध भएको प्रहरीले जनाएको छ ।
जर्मनीमा बेश्यावृत्तिलाई सन् २००२ को कानुनले कानुनी मान्यता दिएको छ । प्रायः पूर्वी युरोपका यौनकर्मी यो बेश्यालयमा काम गर्ने गर्छन् । पछिल्लो २० बर्ष यता जर्मनीमा यौनकर्मीको संख्यामा दोब्बरले बढेर चार लाख पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

