एजेन्सी ३ चैत्र । जापानमा गएराति ६ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ ।
भूकम्पमा भत्किएका संरचनामा परी अन्य सात सय बढी घाइते भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पका कारण भत्किएका भग्नावशेषमा थप मानिस पुरिएको हुनसक्ने आशंका गरिएको छ ।
दक्षिणी क्युसु आइल्यान्डको कुमामोटो शहरको पूर्वी तट केन्द्रविन्दु भएर स्थानीय समय अनुसार गएराति ९ बजेर २६ मिनेटमा भूकम्प गएको हो ।
शक्तिशाली भूकम्प गएको ४० मिनेटपछि पुनः ५ दशमलव ७ म्याग्नेच्युटको पराकम्पन गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन ।
भूकम्पपछि त्यस क्षेत्रमा विद्युत तथा ग्यास आपूर्ति बन्द भएको छ । करिब १६ हजार घरमा विजुली तथा ३८ हजार भन्दा धेरै घरमा ग्यासको आपूर्ति बन्द भएको छ ।
जापानबाट हाम्रा सहकर्मि फुर्वा शेर्पाले भूकम्प पछि मानिसहरु सडकमा त्रिपाल ओछ्याएर बसेको बताएका छन् । अझै पनि उद्धारको कार्य जारी राखिएको छ ।

