जापानमा ६.५ रेक्टर स्केलको भूकम्प : ९ को मृत्यु, सयौ घाइते

जापानमा ६.५ रेक्टर स्केलको भूकम्प : ९ को मृत्यु, सयौ घाइते

  • शुक्रबार, बैशाख ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी ३ चैत्र ।   जापानमा गएराति ६ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ ।

भूकम्पमा भत्किएका संरचनामा परी अन्य सात सय बढी घाइते भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पका कारण भत्किएका भग्नावशेषमा थप मानिस पुरिएको हुनसक्ने आशंका गरिएको छ ।

दक्षिणी क्युसु आइल्यान्डको कुमामोटो शहरको पूर्वी तट केन्द्रविन्दु भएर स्थानीय समय अनुसार गएराति ९ बजेर २६ मिनेटमा भूकम्प गएको हो ।

शक्तिशाली भूकम्प गएको ४० मिनेटपछि पुनः ५ दशमलव ७ म्याग्नेच्युटको पराकम्पन गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन ।

भूकम्पपछि त्यस क्षेत्रमा विद्युत तथा ग्यास आपूर्ति बन्द भएको छ । करिब १६ हजार घरमा विजुली तथा ३८ हजार भन्दा धेरै घरमा ग्यासको आपूर्ति बन्द भएको छ ।

 

जापानबाट हाम्रा सहकर्मि फुर्वा शेर्पाले भूकम्प पछि मानिसहरु सडकमा त्रिपाल ओछ्याएर बसेको बताएका छन् । अझै पनि उद्धारको कार्य जारी राखिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी