पोखरा,२४ चैत ।
स्ववियु निर्वाच हुने चर्चा संगै बिधार्थी संगठनका नेता कार्यकर्ताहरुमा ध्रुबिकरण तिब्र भएको छ । ध्रुबिकरण कै क्रममा एमाओवादी निकट अखिल (क्रान्तिकारी) परित्याग गरि विप्लव निकट अखिल (क्रान्तिकारी) मा प्रवेश गर्नेको लहर नै चलेको छ ।
आज एक कार्यक्रमका बीच एमाओवादी निकट अखिल (क्रान्तिकारी)का कास्की जिल्लाका सहसचिव विप्लव भण्डारी सहितको ढेड दर्जन नेता कार्यकर्ता विप्लव निकट अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् ।
भण्डारीसहित एमाओवादी निकट अखिल (क्रान्तिकारी) छाड्ने कास्कीका बिधार्थी नेताहरुलाई विप्लव निकट अखिल (क्रान्तिकारी)का बिधार्थी नेता लोकेश बिश्वोकर्माले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी)का नेता लोकेश बिश्वोकर्माले यो ध्रुबिकरण नेपाली बिधार्थी आन्दोलनमा देखिएका बहुरङ्गी बिकृतीका बिरुद्धको बिद्रोह भएको बताएका छन् ।
कार्यक्रममा उनले भने , ‘ बिचार ,दृष्टिकोण , सस्कार र शैलीको आधारमा अहिले बिद्यार्थी आन्दोलन पुरै धारासायी भएको जस्तो देखिएको बेलामा हाम्रो संगठनले विभिन्न कारणवश बाहिर छरिएर रहेका क्रान्तिकारीहरुलाइ गोल्बन्द गर्ने अभियान सुरु भएको छ ‘ ।
त्यस्तै,एमाओवादी भित्र रहेका माओवादी आन्दोलनको रक्षा र उचाईको निम्ति क्रान्ती प्रती झुकाव राखने प्रतिबद्द र इमान्दार अन्य विद्यार्थी नेता कार्यकर्ताहरुसग पनि यहि खालको क्रान्तिकारी ध्रुवीकरणका निम्ति छलफल भैरहेको अखिल (क्रान्तिकारी )पि.एन क्याम्पसका अध्यक्ष शिव क्षेत्री ले बताएका छ्न!

