३१ हजार फिटबाट खसेको लिटल व्वाईले एक सेकेण्डमा ७० हजार मान्छे यसरी मार्यो….

३१ हजार फिटबाट खसेको लिटल व्वाईले एक सेकेण्डमा ७० हजार मान्छे यसरी मार्यो….

  • शनिबार, चैत्र २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

अमेरीकामा परमाणु हतियारको सुरक्षाको विषयमा ६० भन्दा बढी देशका प्रतिनिधिहरु जुटे । उनीहरु मध्य धेरैले उत्तर कोरीया, मध्यपूर्वको ईरान जस्ता मुलुकहरुले परमाणु हतियारको विकास गर्न सक्नेमा चिन्ता व्यक्त गरे ।
साथै आईएसको हातमा परमाणु हतियार पर्ने हो कि भनेर समेत चिन्ता व्यक्त गरे ।
तर ईतिहास हेर्दा परमाणु हतियारको खतरनाक र अमानवीय प्रयोग अमेरीकाले गरेको छ र उसैसग हाल सम्मको सबै भन्दा धेरै परमाणु हतियार सुरक्षित छ ।

आज भन्दा ७१ वर्ष पहिले सन् १९४५ मा पर्ल हार्बरमा जापानले गरेको आक्रमणको बदला लिन जापानको हिरोसिमा र नागाशाकीमा एटम बम हान्दा लाखौं मानिस मारिएका थिए । सिंगो शहर मरुभूमिमा परिणत भएका थिए । हिरोशिमामा ३ लाख ५० हजार जनसंख्या रहेकोमा १ लाख ४० हजार मानिस मारिएका थिए ।

६ अगष्ट १९४५ मा अमेरीकी बी २९ ले करीब ३१ हजार फिट उचाईबाट ४ हजार किलोको लिटिल ब्वाई नामक एटम बम खसाउदा उक्त धन जनको क्षति भएको थियो । बम खसेर पड्किदा बित्तिकै ७० हजार मानिस मारिएका थिए भने पछि उपचार गराउदा गराउदै पीडित भएर बाकी ७० हजार भन्दा धेरै मारिएका थिए ।

रेडिएसनले पीडित उनीहरु तड्पी तड्पी मरेका थिए । हाल सम्म अमेरीका, रुस, बेलायत, जर्मन, जापान, पाकिस्तान, चीन लगायतका मुलुकहरु परमाणु हतियारले सुसज्जित रहेका छन् ।
परमाणु हतियार जोगाउने हैन सबै नष्ट गर्नु पर्ने भन्दै संसारभर अभियानहरु सञ्चालन हुदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी