लिबियाली सरकारको राष्ट्रसङ्घद्वारा स्वागत

लिबियाली सरकारको राष्ट्रसङ्घद्वारा स्वागत

  • बिहिबार, माघ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

संयुक्त राष्ट्रसङ्घ, ७ माघ ।

संयुक्त राष्ट्रसङ्घले लिबियामा बन्ने नयाँ राष्ट्रिय एकताको सरकारको स्वागत गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले लिबियाली राजनीतिक दलहरूको सो निर्णयको स्वागत गरेको हो ।

लिबियाको संसदले त्यहाँ गहिरिँदो राजनीतिक सङ्कटको समाधानका लागि सबै दलको सहमतिमा नयाँ राष्ट्रिय एकताको सरकार निर्माण गरिने जनाएको हो ।

संयुक्त राष्ट्रसङ्घको सहयोगमा हालै मात्र त्यहाँको संसदले नयाँ सरकार गठन गरिने प्रस्ताव पारित गरेको हो । सो प्रस्तावबमोजिम बन्न लागेको नयाँ सरकारको सुरक्षा परिषद्ले स्वागत गरेको जनाइएको छ ।

सो सहमतिबमोजिम ३२ सदस्यीय नयाँ सरकारको घोषणा गरिएको छ । सो घोषणाबमोजिम निर्माण हुने सरकारको नेतृत्व फाइज अल सेराजले गर्नुहुने बताइएको छ ।

सिरियाको राष्ट्रिय सहमतिको सरकारअन्तर्गत चारजना उपप्रधानमन्त्री रहने छन् । साथै उक्त सरकारको कार्यकाल शुक्रबारको संसद बैठकले तय गरेबमोजिम हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी