काठमाडौं, ७ माघ ।
आत्मघाती हमलामा परि अफगानिस्तानको राजधानी काबुलमा ोेसात जना टेलिभिजन पत्रकारकोे मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।
काबुलमा रहेको टोलो टेलिभिजनका पत्रकार चढेको बसलाई लक्षित गरी आज गराइएको आत्मघाती हमलामा टेलिभिजनका सात जना पत्रकारको मृत्यु भएको बीबीसीले जनाएको छ ।
अफगानिस्तानको सितम्बरको कुन्दूज सिटीमा चलिरहेको संघर्षको समाचार बनाएको भन्दै तालीबानी विद्रोहीले निशाना बनाएर टोलो टेलिभिजनका कर्मचारी चढेको बसलाई लक्षित गर्दै आत्मघाती आक्रमण गराएको बताइएको छ । हमलाको जिम्मेवारी तालिवानी बिद्रोही समूहले लिएको छ ।
टोलो टेलिभिजन अफगानिस्तानको पवहलो २४ घण्टे समाचार च्यानल रहेको बीबीसीले जनाउको छ ।
यसअघि नै तालिवानी विद्रोहीले आक्रमणको धम्की दिएपछि टेलिभिजनले यो महिना सुरक्षा सतर्कता बढाएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline