इराकमा दुई वर्ष यता १८ हजार बढी नागरिक मारिएको राष्ट्रसंघको भनाई

इराकमा दुई वर्ष यता १८ हजार बढी नागरिक मारिएको राष्ट्रसंघको भनाई

  • बुधबार, माघ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी ६ माघ ।  

इराकमा जारी द्धन्द्धका कारण सन् २०१५ को अन्त्यसम्ममा १८ हजारभन्दा बढी नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघले इराक बारे सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्ला दुई वर्ष यता १८ हजार ८ सय २ नागरिक मारिएको उल्लेख छ ।

प्रतिवेदनमा उग्रवादी संगठन इस्लामिक स्टेट आइएसमाथि सुव्यवस्थित हिंसाको आरोपसमेत लगाइएको छ । आइएसले केही घटनामा नरसंहारसरहको भूमिका निर्वाह गरेको प्रतिवेदनमा उल्लेख छ ।

इस्लामिक स्टेटको नियन्त्रणमा रहेका क्षेत्रमा स्वतन्त्रतापूर्वक जान सक्ने अवस्था नभएका कारण वास्तविक विवरण संकलन गर्न कठिनाई भएको राष्ट्रसंघको भनाई छ ।

इराकमा जारी संघर्षका कारण ३० लाखभन्दा बढी विस्थापित भएको प्रतिवेदनमा जनाइएको छ । यस अतिरिक्त हजारौं नागरिकलाई आइएसले अपहरण गरेको पनि जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी