हिम पहिरोमा परि फ्रान्समा ५ सैनिकको मृत्यु

हिम पहिरोमा परि फ्रान्समा ५ सैनिकको मृत्यु

  • मङ्लबार, माघ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी ५ माघ । 

फ्रान्समा हिम पहिरोमा परेका पाँच जना सैनिकको ज्यान गएको छ । अल्प्स हिम श्रृँखलमा सैन्य अभ्यास गरिरहेका बेला पहिरो जाँदा अन्य ६ सैनिक घाइते भएका छन् ।

इटालिको सीमा नजिक ५० जना सैनिकले अभ्यास गरिहेका बेला हिम पहिरो गएको वीवीसीले जनाएको छ । हिम पहिरोमा पर्नेमा फ्रेन्च फरेन लिजनका सैनिक हुन् ।

सैनिकले हिम क्षेत्रमा अभ्यास गरिरहेका बेला ११ वटा हिम पहिरो गएको थियो । त्यस लगतै तालिम प्राप्त कुकुर तथा हेलिकप्टरले उद्दार कार्य गरिहेका छन् ।

फ्रेन्च फरेन लिजन फ्रान्सेली सेनामा सामेल हुन चाहने विदेशी नागरिकका लागि गठन गरिएको हो । १९ औं शताब्दिमा गठन गरिएको फ्रान्सेली सेनाको यो विशेष फोर्समा विदेशीसहित फ्रान्सेली नागरिक पनि सामेल हुन पाउँछ ।

हिम पहिरोमा परेर ज्यान गुमाएका तथा घाइते सैनिक कुन देशका नागरिक थिए भन्ने खुलाइएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी