अफगानिस्तानमा आत्मघाती आक्रमण १३ को मृत्यु

अफगानिस्तानमा आत्मघाती आक्रमण १३ को मृत्यु

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

अफगानिास्तान, ३ माघ ।

अफगानस्तिानको जलालाबाद सहरमा एक प्रख्यात राजनितिज्ञको घरलाई लक्ष्यगरी भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।

अफगानिस्तानको पूर्वी सहरमा एक सातामा नै यो दोस्रो पटक आक्रमण भएको हो ।

जलालाबादको प्रान्तीय राजधानी नान्र्गाहारका गभर्गर सिन्वारीको घरलाई लक्ष्यगरी गरिएको यस आक्रमणमा परी १३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ घाइते भएका छन् ।

सिन्वारी नान्र्गाहार प्रान्तीय परिषदको प्रख्यात सदस्य हुनुहन्छ । उहाँका परिवारजनका अनुसार उहाँ स्थानीय राजनितिमा पनि व्यस्त हुनु भएको जनाइएको छ ।

उता , सिरियाको दिर अल जोर क्षेत्रमा आइएसले गरेको आक्रमणमा परि १ सय ३५ जनाको मृत्यु सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
त्यसमा ८५ जना सर्वसाधारण र ५० जना सैनिकको मृत्यु भएको जनाएको छ । तर सिरियाली सरकारी समाचार एजेन्सी सानाले करिब तीन सय नागरिकको मृत्यु भएको दाबी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी