काठमाडौ २ माघ ।
बुर्किनाफासोको राजधानी उगाडुगु स्थित एक होटलमा आतंककारी हमलामा कम्तिमा २० जनाको मृत्यु भएको जनाएको छ ।
आक्रमणकारीले अन्य धेरैलाई बन्धक पनि बनाएको स्थानीय सन्चारमाध्यमलाई उधृत गर्दै बिबीसीले जनाएको छ । हमला दुईवटा कार बम मार्फत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
बन्धक बनाइएकालाई छुटाउन जवाफी कारवाही गरिने बुर्किनाफासोका विदेश मन्त्री अल्फा ब्यारीले बताउनुभएको छ । आक्रमणमा परि १५ जनाभन्दा बढी मानिस घाइते भएको स्थानीय अस्पतालले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार ४÷५ जनाको समूहमा रहेका आक्रमणकारी पहिले नजिकैको कफी पसलमा बसेका थिए । घटनाको जिम्मा अल कायदा इन द इस्लामिक मगरिवले लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline