जापानमा पर्यटक बस दुर्घटनामा १४ को मृत्यु

जापानमा पर्यटक बस दुर्घटनामा १४ को मृत्यु

  • शुक्रबार, माघ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

१ माघ / जापानमा शुक्रबार बिहान भएको पर्यटक बस दुर्घटनामा १४ को मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । जापानको नागानो जिल्लामा रहेको एक रिसोर्टतर्फ जान लागेको सो बस बाटोमै दुर्घटनामा परेको हो ।

जापान सरकारका प्रवक्ता एवम् प्रमुख सचिव योसिहिदे सुगाले उक्त दुर्घटनामा परी १४ जना यात्रुको ज्यानगएको र अरु २७ जना गम्भीर घाइते भएका जानकारी दिएका छन् ।

सो बसमा ३९ जना यात्रु र दुई सवारी चालक रहेका उनले बताए । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सो दुर्घटनाको कारणका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको पत्रकार फुर्वा शेर्पाले जनाएका छन् । । अनुसन्धानकर्ताहरुले बाटोको अवस्था ठीक रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी