एजेन्सी २९ पौष ।
आफ्नो भूमिमा बिना अनुमति प्रवेश गरेको भन्दै इरानले १० जना अमेरिकी जलसैनिकलाई बन्धक बनाएको छ । जलसेनाको पानी जहाज खाडी क्षेत्रमा प्रवेश गरेपछि आफ्ना सैनिकलाई बन्धक बनाएको अमेरिकी अधिकारीले बताएका छन् ।
कवेतबाट बहराइनका लागि छुटेको दुई वटा पानी जहाजसँगको सम्पर्क टुटेको अमेरिकाले जनाएको छ । इरानले दुई वटै जहाज सुरक्षित रहेको र अमेरिकी जल सैनिकलाई आज छाड्ने जानकारी दिएको अमेरिकी अधिकारीले बताएका छन् ।
यो घटना फारसी टापु नजिकै एउटा पानी जहाजमा प्राविधिक खराबी आएपछि भएको हो । इरानी रिभोलुस्नरी गार्डले ९ जना पुरुष र एक महिलालाई पक्राउ गरेको इरानको सरकारी समाचार संस्था एफएआरएसले जनाएको छ ।
घटना लगतै अमेरिकी विदेशमन्त्री जोन केरीले इरानका विदेशमनत्री जावाद जरिफसँग कुराकानी गर्नुभएको थियो । इरानको परमाणु कार्यक्रमालाई लिएर विवाद रहँदै आएको छ । गत वर्ष दुईदेशबिच परमाणु कार्यक्रमसम्बन्धी सम्झौता भएपनि सम्बन्धमा सुधार आउन भने सकेको छैन ।