इराकको राजधानी बग्दादमा विद्रोही संगठन इस्लामिक स्टेट आइएसले शिया मुसलमानलाई लक्षित गरी एक सपिङ सेन्टरमा आक्रमण गर्दा १८ जनाको मृत्यु भएकोे छ ।
शिया समुदायको बसोबास रहेको अल जदेदा क्षेत्रको अल जोहारा सपिङ सेन्टरमा बन्दुकधारीले आक्रमण गर्नुअघि एउटा कार बम विस्फोट भएको थियो ।बन्दुकधारीले सपिङ सेन्टरमा रहेका मानिसलाई बन्धक बनाएका थिए ।
तर सरकारी सेनाले आक्रमण गरेर बन्धक बनेका मानिसलाई छुटाएको वीवीसीले जनाएको छ । सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई जना आक्रमणकारी मारिएका छन् भने चार जना पक्राउ परेका छन् ।
सपिङ सेन्टरमा दुई जनाले आत्मघाती विस्फोट गराएकाले धेरैको ज्यान गएको इराकको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । आइएसले यस अघि पनि शिया मुसलामानलाई लक्षित गरी आक्रमण गर्दै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline