काठमाडौं, १५ मंसिर ।
भारतले नेपालमाथि गरेको नाकाबन्दीको भारतभित्रै कडा विरोध हुन थालेको छ ।
भारतका पूर्वमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको युगौंदेखिको सम्बन्ध बिगारेको आलोचना गर्नुभएको छ ।
पहिलो ट्वीटमा यादवले प्रधानमन्त्री मोदीले नेपालसँग रहँदै आएको सदियौंदेखिको सम्बन्ध विगारेर चीनलाई नेपाल घुस्ने मौका दिएको आरोप लगाउनुभएको छ ।
यादवको दोस्रो ट्वीटमा तामझामका साथ नेपाल गएका मोदीले सम्बन्ध नै विगारेको उल्लेख छ भने तेस्रो ट्वीटमा भारत सरकारले तत्कालै ठोस कदम चाल्नु पर्ने उल्लेख छ ।
भारतीय प्रधानमन्त्रीले नेपालसँगको सम्बन्ध त बिगारे भने अरु देशसँगको के स्थिति होला ? भन्दै उहाले प्रश्नसमेत गर्नुभएको छ ।
यादवको पार्टी राष्ट्रिय जनता दलले केही समय अघि भएको बिहार विधान सभा चुनावमा सबै भन्दा धरै ८० सिट जितेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
