समुद्री आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित

समुद्री आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित

  • आइतवार, कार्तिक १, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

फिलिपिन्समा कोप्पु नामक समुद्री आँधीका कारण जनजीवन निकै प्रभावित बनेको छ ।

आँधीका कारण दुई सय ५० किलोमिटर प्रतिघण्टा भन्दामा माथिको गतिमा हावा चलेको आँधीसँगै ठूलो पानी पनि परेको वीवीसीले जनाएको छ ।।

आँधीका कारण तीन दिनसम्म वर्षा हुनसक्ने भन्दै बाढी तथा पहिरो उच्च जोखिम रहेको त्यहाँका मौसमविदले बताएका छन् ।

आज बिहान सबेरै फिलिपिन्स प्रवेश गरेको आँधीका कारण सबै आन्तरिक उडान रद्द गरिएको तथा तटिय क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा सारिएको वीवीसीले जनाएको छ ।

उक्त आँधीपछि तिब्र गतिमा हावा चलेपनि आँधीको बेग विस्तारै अघि बढेकाले बुधबारसम्ममा मात्र आँधी ताइवान तर्फ जाने मौसमविदको अनुमान गरिएको छ ।

फिलिपिन्समा दुई वर्ष अघि आएको हायान आँधीका पीडित पुनस्र्थापति भैनसकेका बेला फेरि अर्को आँधी आएको हो ।

सन् २०१३ आएको हायान आँधीका कारण ६ हजार ३ सय भन्दा बढी मानिसको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी