नेपाली भाषी भुटानीहरूको पहिलो चलचित्र “भुल्ने पो हो कि“ हालै झापाको पाथिभरा चलचित्र मन्दिर बाट एक विशेष कार्यक्रमको साथ च्यारिटी सो को सुरूवात गरेको छ ।
निर्माण पक्षका अनुसार चलचित्रले आफुहरूले सोचेको भन्दा धेरै राम्रो सफलता हासिल गरेको मा खुसि व्यक्त गरे ।
सन् २०१० देखि अमेरिकाको कोलम्वस सिटिमा बसोवास गरिरहेका नेपाली भाषी भुटानी टेक शार्कि (गोपाल ) यस चलचित्रको कार्यकारि निर्माता रहेका छन् ।
निर्माता टेक सार्कि (गोपाल)को निर्माण रहेको यो पहिलो चलचित्र हो ।
हाल अमेरिकामा नै रहेको सार्कि को निर्माण रहेको चलचित्र “भुल्ने पो हो कि“ हेरेर फर्केका दर्शकहरूले चलचित्र एकदमै मन छुने र प्रशंग मिलेको प्रतिक्रिया दिएका छन् ।
निर्माता सार्किको अनुसार आफुहरूले चलचित्रमा निकै मेहनत गरेको र चलचित्र अत्यन्तै राम्रो धारमा निर्माण गरेकाले दर्शकहरूको मनमा बस्न सफल भएको बताए ।
अमेरिकाको लगभग ५० वटा सिटि, क्यानडा, नेदरल्याड र अष्टेलियामा पर्दशनको तयारि गरिरहेको र नेपालमा भने केहि समय पछि प्रदर्शन गर्ने कार्यकारि निर्माता टेक शार्कि (गोपाल ) ले बताए ।
कार्यकारि निर्माता सार्की को चलचित्रमा अर्का नेपाली भाषी अमेरिकी नागरिक अनिस थापाको निर्देशन, कथा तथा अभिनय रहेको छ ।नायक थापालाई पर्दामा प्रियका कार्की र सोमु राईले साथ दिएकि छन् ।
चलचित्र “भुल्ने पो हो कि“ मा नेपाली भाषी भुटानीहरूको क्याम्प भित्रको अवस्था साथै नेपाली भाषी भुटानीहरूलाई अमेरिका लैजाने अमेरिकी सरकारको निर्णयले भुटानी समाज र दुई प्रेमि प्रेमिका विच कतै एक ले अर्कोलाई भुल्ने पो हो कि ?? जस्तो विशुद्ध प्रेम कथामा आधारित रहेको छ्र ।
माईकल मगर, शिलाश थापा र टुक मगरको निर्माणमा रहेर कार्यकारि निर्माता आफु रहेको शार्किले बताएका छन््र चलचित्रको सम्पुर्ण छायाडड्डकन कार्य अमेरिकामा गरिएको र एउटा गित भने नेपालमा छायाडड्डकन गरिएको हो ।
राजेस पायल राई, स्वरूप राज आचार्य , अञ्जु पन्त र अमृता लिम्बु लगाएतको स्वर सुन्न सकिने यस चलचित्रमा महेश खड्का ,टड्ड्डक बुढाथोकि , राई नवीन र धिरज श्रेष्ठ लगाएतले सड्ड्डगित दिएका छन् ।
आगामि दिनहरूमा समेत राम्रो नेपाली चलचित्र निर्माणलाई निरन्तरता दिने योजनामा रहेको र एक पटक सम्पुर्ण दर्शकहरूलाई आफ्नो चलचित्र हेरी प्रतिक्रिया दिनुको साथै आगामि दिनहरूमा अगाडी बढ्नलाई हौसला प्रदान गरिदिनु हुन कार्यकारि निर्माता टेक शार्कि (गोपाल) ले सम्पुर्ण दर्शकहरूलाई अनुरोध समेत गर्नु भएको छ ।
