भदौ १७ एजेन्सी ।
चीनले दोस्रो विश्व युद्धमा जापानलाई पराजीत गरेको सम्झनामा ७० औं भिक्ट्री परेडको आयोजना गरेको छ ।
यस परेडमा चीनका पछिल्लो विकसित सैन्य प्रविधि , सैन्य मार्च पास र हवाई तथा स्थल सैनिक कौशल दखाईदै छ ।
यो परेडका अवसरमा त्यतिखेर युद्ध लडेका वृद्ध सेनाहरुलाई सम्मान गरिदै छ । चीनको बेईजिङ स्थित टियानमेन स्क्वायरमा सैन्य परेडको आयोजना गरिएको छ ।
सैन्य परेडका लागि सबै कारखानाहरु बन्द गरिएका छन् । गाडीहरु रोकिएका छन् । ठूलो संख्यामा चीनीया नागरिकहरुले सैन्य परेडको अवलोकन गरीरहेका छन् ।
यस परेडमा सयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन,रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, दक्षिण कोरीयाका राष्ट्रपति पार्क गुईन हाई लगायतका मुलुकका राष्ट्रप्रमुख तथा अन्य देशका प्रतिनिधिहरु सहभागी छन् ।
तर अमेरीका बेलायत र उत्तर कोरीयाका राष्ट्रप्रमुख परेडमा सहभागी छैनन् ।
यस सैन्य परेडमा सम्पूर्ण रुपले चीनमा निर्मित हतियारहरुको प्रदर्शन गरिदैछ । यस अघि चीनले रुसमा निर्मित हतियारहरु पनि प्रयोग गर्दै आएको थियो ।
पछिल्लो पाच वर्षमा चीनले आफ्नो हतियार निर्यात संसारभर १ सय ५० गुणा बढी बृद्धि गरेको छ ।



