एजेन्सी ,२८ साउन ।
चीनको उत्तरी शहर तियांजिनमा विस्फोट हुँदा हुदा करिब १७ जनाको मृत्यु भएको छ ।
सरकारी मीडियाका अनुसार खतरनाक रसायनिक पदार्थ रहेको गोदाममा बिस्पोट भएको हो ।
चीनको सरकारी टेलिभिजन कंपनी सीसीटीवीले जनाए अनुसार सो आक्रमणमा ४ सय ब्यत्ति घाईते भएका छन् ।
तियांजिनको स्थानीय प्रशासनले घाईते मध्ये ११ जनाको अविस्था चिन्ताजनक रहेको छ ।
उत्त विस्फोट स्थानीय समय अनुसार राति साढे ११ बजे ज्वलनशील पदार्थ रहेको बिनहाई न्यु डेवलंपमेंट जोनको एक गोदाममा भएको सिनुआले जनाएको छ ।
यसअघि भने एक पेट्रोल स्टेशनमा बिस्फोट भएको खबर आएको बिबिसिले जनाएको छ । बिस्फोट भएको गोदाम रहेको स्थान बंदरगाहाको नजीक भएकाले स्थानीयबासीहरु त्यहाबाट सुरक्षीत स्थानतर्फ भागीरहेको जनाईएको छ ।
बीजिंगका दक्षिण पूर्व स्थित तियांजिन देशका एक मुख्य बंदरगाह र प्रमुख औद्योगीक क्षेत्र हो । समाचारमा देखाईएको तस्विर र भिडियोमा बिस्फोट भएको स्थानमा पहिले आगोको मुस्लो तथा पछि धुलो उठेको देख्न सकिन्छ ।
सो क्षेत्रका आसपास सबै स्थानमा बिद्युत समेत अबरुद्ध भएको सीसीटिवी ले जनाएको छ । के कारणले बिस्फोट भयो भन्ने यकिन नभएको सरकारी अधिकारीले जनाएका छन् ।


