शिक्षा नेपालले एक किताब अभियानलाई अगाडी बढाउन श्रावण २३ गते शनिवार मःम फर एक किताब आयोजना गरेको छ ।
जहाँ ५,००० भन्दा बढी सहभागिहरु र साथमा १०० जना सेलिब्रेटीहरु सहभागि भएका भिए । शिक्षा नेपालका सद्भावना दुत नम्रता श्रेष्ठ लगायत माल्भिका सुब्बा, नग्मा श्रेष्ठ, शुभेक्क्षा खड्का लगायत २० भन्दा बढी सेलिब्रिटीहरु सहभागी भएका थिए ।
- माल्भिका सुव्वा
भृकुटीमण्डपमा भएको कार्यक्रममा फरक स्वादका मःम का साथमा म्युजिक, डान्स, बुकमार्क, खेल तथा अन्य आकर्षक क्रियाकलापहरु भएका थिए ।
प्राप्त कोषबाट डोल्पा जिल्लाका को माझफाल गा.वि.स.का ५०० भन्दा बढी बालबालिकाहरु जसले एक किताब अभियान अन्र्तगत बाल किताबहरु पाएका छन तिनीहरुले राती किताबहरु पढ्न सकुन ५ पध को पिको हाइड्रो भनेर बिजुली बत्तीको ब्यवस्था गर्न उनीहरुको भनाई छ ।
सन् २०१३ देखि हालसम्म शिक्षा नेपालले एक किताब अभियान अन्र्तगत एक लाख बाल कथाका किताबहरु बालबालिकाहरुको हातमा पुरयाईएको छ ।
बालबालिकामा पढ्ने बानीको विकास गराउँदै नेपालमा पठन सँस्कृतिको विकास गर्ने लक्ष्य लिएको आयोजकको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


