शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

  • सोमवार, साउन १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौँ, १८ साउनः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस फेडेरेसनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र मङ्गोलियाबीचको कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भयो ।

उहाँहरुबीच नेपाल र मङ्गोलिया दुवै देश भौगोलिक एवं सांस्कृतिक पक्षमा धेरै समानता र मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहिआएको विषयमा पनि विचार विमर्श भएकको थियो ।

त्यस्तै विद्यालय शिक्षामा विशेषगरी खेलकुदको क्षेत्रमा चेस खेलको प्रवद्र्धन तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री पोखरेलले नेपाल र मङ्गोलियाबीचको लामो मैत्रिपूर्ण सम्बन्ध, समान भौगोलिकता अवस्थिति र संस्कृतिको विविध आयाबारेमा उल्लेख गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले शिक्षा क्षेत्रमा खासगरी खेलकुदको क्षेत्रमा मङ्गोलियन सरकार र मङ्गोलियन चेस फेडेरेसनसँग सहकार्य गर्न आफूहरु इच्छुक रहेको बताउनुभयो ।

मन्त्री पोखरलेले नेपालले विद्यालय शिक्षामा नै खेलकुदलाई समायोजन गरेर अगाडि बढाउने दिशामा अगाडि बढिरहेको र त्यसका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रमा सहकार्यका लागि नेपालको चेस फेडेरेसन र मङ्गोलियाको चेस फेडेरेसनबीच सहकार्यका लागि सकारात्मक पहल गर्ने विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री जान्दानशातारले मङ्गोलिया र नेपाालबीचको कूटनीतिक सम्बन्ध, समान भौगोलिक तथा सांस्कृतिक रहनसहन एवं समानताबारे चर्चा गर्दै भूपरिवेष्टित मुलुक मङ्गोलियामा पनि बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको उल्लेख गर्नुभयो ।

उहाँले चेस एउटा खेल मात्र नभएर शिक्षाको महत्वपूर्ण माध्यम रहेको स्मरण गराउँदै मङ्गोलियाले दक्षिण एसियाका विभिन्न देशका साथै विश्वका अन्य मुलुकहरुसँग पनि मिलेर चेसलाई विद्यालय शिक्षामै समायोजन गर्ने विषयमा लामो समयदेखि कार्य गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले त्यसका लागि नेपालको शिक्षा तथा खेलकुद मन्त्रालयसँग पनि सहकार्यका लागि तयार रहेको बताउनुभयो ।

जान्दानशातारले चेस विद्यार्थीहरुलाई समालोचनात्मक सोच गर्ने, निर्णयण गर्ने, स्वतन्त्र रुपमा निर्णय गर्नेलगायतका सीप विकासका साथै बौद्धिक विकासका लागि महत्वपूर्ण माध्यमको रुपमा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले मङ्गोलियामा विद्यालय शिक्षामा नै चेसलाई एकीकरण र समायोजन गरेर अगाडि बढाइएको प्रसङ्ग उल्लेख गर्दै नेपालको चेस फेडेरेसनसँग पनि चेसलाई नेपालको विद्यालय शिक्षासँग जोड्न मङ्गोलियन सरकारका तर्फबाट मङ्गोलियन चेस फेडेरेसनका तर्फबाट सहयोग र सहकार्य गर्न मङ्गोलिया तयार रहेकामा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी