काठमाडौं, १३ असार ।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष छनोटमा सर्वसम्मतीका लागि गरिएका सवै प्रयास विफल भएपछि बर्तमान कार्यबाहक अध्यक्ष पशुपति मुरारका सहित ३ प्रतिस्पर्धामा उत्रीएका छन् ।
जसमा कृषि महिला उद्यम संघबाट भवानी राणा र नेपाल विज्ञापन संघबाट भाष्करराज राजकर्णीकारले उम्मेदवारी दतार्म गराएका हुन ।
शनिबार साँझ ५ बजेसम्म उमेद्वारी दर्ताको अवधि तोकिएको थियो । अध्यक्ष पदमा सर्वसम्मती गराउनका लागि केही पूर्व अध्यक्षहरुले पहल गरेका थिए । तर, आकांक्षीहरुले आ आफ्नो दावि नछोडेपछि सर्वसम्मतीका प्रयास विफल भएको हो ।
तत्कालीन अध्यक्ष प्रदिपजंग पाण्डे भ्रष्टचारको मुद्दामा पक्राउ परेपछि रिक्त रहेको अध्यक्ष पदका लागि असार १८ गते निर्वाचन हुन लागेको हो । १५ असारमा उम्मेदवारको नामावली सार्वजकि गरिने महासंघका प्रमुख निर्वाचन अधिकृत गोविन्द पाण्डेले बताउनुभयो ।
यस्तै असार १६ गते दाबी विरोध दर्ता गर्न पाइनेछ भने दाबी विरोधउपर कारवाही भएपछि १७ गते अन्तिम नामावली सार्वजनिक गरिनेछ । गत निर्वाचनमा पाण्डेको प्यानलबाट चुनाव लडेकी राणा वरिष्ठ उपाध्यक्षमा मुरारका संग २ मतको अन्तरले पराजित भएकी थिइन भने अध्यक्ष पदमा राजकर्णिकार पाण्डे संग पराजित भएका थिए ।
सर्बसम्मत रुपमा महासंघमा अर्को अध्यक्ष आउने अवस्था न्युन छ । त्यहि कारण महासंघ भित्रको राजनीति अन्त्य हुने अबस्था पनि छैन । यो कुरा हालका पदाधिकारीबाट महासंघको बैठक बहिस्कार गरेको विगतको तथ्यले पनि प्रष्ट पारेको छ ।
तर अध्यक्ष पदका उम्मेदवारहरु यस्तो भन्छन ।
- पशुपति मुरारका
भास्करराज कर्णीकारलाई अध्यक्ष बनाउने र म वरिष्ठ उपाध्यक्षमै रहने वा भवानी राणलाई वरिष्ठ उपाध्यक्ष दिएर म अध्यक्ष भएमा सर्वसम्मत हुनसक्छ । तर उपयुक्त विकल्प सहितको प्रस्ताव आए सोच्न सकिन्छ ।
- भवानी राणा
राजकर्णीकारमध्ये एकजनाले उम्मेदवारी फिर्ता लिएर मलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्छ ।यसो गरिए सर्वसम्मत सम्भव छ । मैले सहमतिको ढोका खुल्लै राखेकि छु ।
- भास्करराज कर्णीकार
भवनी राणलाइ अर्कोकार्यकालमा अध्यक्ष दिने सहमति गर्दै पशुपति मररारकालाइ वरिष्ठ उपाध्यक्षमै राखेर म अध्यक्ष हुने गरि सहमति हुनसक्छ । तर अन्य विकल्पको पनि खोजी हुदैछ ।


