पछिल्लो समय साउदी र यमनको सिमा क्षेत्रमा व्यापक युद्धहरु भईरहे पछि रोजगारीका लागि त्याहा पुगेका नेपालीहरु असुरक्षाको खतराबाट चिन्तित भएका छन् ।
साउदीको नजरान क्षेत्रमा कार्यरत नेपाली युवाहरुले युद्ध जारी रहेका कारण जुनसुकै बेला पनि आफूहरुलाई खतरा हुन सक्ने भन्दै सुरक्षित रुपमा फिर्ता गराउन या सुरक्षित ठाउमा सार्ने वातावरण बनाउन अनुरोध गरेका छन् ।
त्याहॉबाट कार्यरत नेपालीहरुले कम्पनी मालिकहरुलाई सुरक्षित ठाउमा सार्न अनुरोध गरे पनि केही हुदैन भन्दै अटेर गरेको भन्दै आफूहरु खतराका बीच काम गर्न बाध्य भएको भन्दै सरकारलाई पहल गर्न अनुरोध गरेका छन् ।
फेसबुक मार्फत समेत उनीहरुले यस्तो अपील गरेका छन् । उनीहरुले दुतावासमा पनि खबर गरेको जनाएका छन् ।
साउदीमा नेपालीहरुको संख्यामा लाखौ रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
