भूकम्प पीडितका लागि विद्यार्थी डाक्टरको यस्तो परिश्रम ( तस्वीर सहित )

भूकम्प पीडितका लागि विद्यार्थी डाक्टरको यस्तो परिश्रम ( तस्वीर सहित )

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

चितवन जेष्ठ १६ ।
अहिले भूकम्पको पीडिाको समयमा सबै क्षेत्रबाट स्वयंसेवामा खटिने क्रम चलिरहेको छ । नेता देखि जनताका विभिन्न तह र तप्काका मानिसहरु स्वयंसेवामा खटिरहेका छन् ।

चितवन मेडिकल कलेजमा अध्ययनरनत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका मेडिकल स्टुडेन्टहरु अहिले चितवनमा गोरखा, मकवानपुर, दोलखा, सिन्धुली लगायतका जिल्लाबाट चितवनमा अस्थायी वसोवासका लागि आएका भूकम्प पीडित जनताको लागि टहरा निमार्ण, राहत संकलन र वितरणमा काम गरीरहेको अखिल क्रान्तिकारी चितवन मेडिकल कलेजका अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश चन्दले जानकारी दिए ।

चन्दका अनुसार ती विद्यार्थीहरुले २ लाख नगद संकलन गरेका छन् भने ४० वण्डल जस्तापाता, ५ क्विन्टल चामल र ५० केजी दाल दिएका छन् ।

सो टिमले यस अघि पनि गोरखाको बारपाक लगायतका ठाउमा पुगेर उद्धार तथा राहतको काम गरेको थियो ।

अहिले चितवनमा अजय विक्रम शाह र विजय विक्रम शाहको नाममा रहेको १० विघा जति विवादीत जगामा सयौ भूकम्प पीडितहरु आएका छन् । जसका लागि विप्लव माओवादीले टहरा निमार्ण गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी