रुसद्धारा द्धितीय विश्वयुद्धको सम्झनामा बिशाल सैन्य परेडको तयारी, पश्चिमा राष्ट्रहरुद्धारा बहिष्कार

रुसद्धारा द्धितीय विश्वयुद्धको सम्झनामा बिशाल सैन्य परेडको तयारी, पश्चिमा राष्ट्रहरुद्धारा बहिष्कार

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

बैशाख २६ ।

रुसले दोस्रो विश्व युद्धमा नाजी जर्मनहरुमाथि बिजय हासिल गरेको उपलक्ष्यमा हाल सम्मकै सबै भन्दा ठूलो सैन्य परेडको आयोजना गरेको छ ।

विश्व युद्धको सत्तरी वर्ष पुगेको अवसरमा आयोजित यो सैन्य परेमा चीनीया राष्ट्रपति सि जिन पिङ , भारतीय राष्ट्रपति प्रणव मुखर्जी , सयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन सहित २० भन्दा बढी राष्ट्रप्रमुखहरु सो परेडमा अतिथिको रुपमा उपस्थित भएका छन् ।

उता अमेरीका लगायतका युरोपेली मुलुकहरुले भने युक्रेन मुद्धालाई देखाउदै उक्त परेडको बहिष्कार गरेका छन् ।

रुसले पछिल्लो समय विकास गरेको हतियार तथा युद्ध प्रविधि र कलाको प्रदर्शन गर्ने छ । यस परेडमा दशौं हजार सेनाले मार्च पास गरेका छन् ।

सो परेडको उद्घाटन गर्दै रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले अहिले अन्तराष्ट्रिय समन्वयको काम खतरामा रहेको बताउनु भयो ।
उहाले दोस्रो विश्व युद्धमा रुसको जीतमा बेलायत, फ्रान्स र अमेरीकी जनताको सहयोगका लागि धन्यवाद समेत दिनु भयो ।

उहाले नाम उल्लेख नगरी अहिले अन्तराष्ट्रिय समन्वयको सिद्धान्तहरुको पालना नभएको भन्दै पश्चिमा राष्ट्रहरुको आलोचना गर्नु भयो ।
दोस्रो विश्व युद्धमा स्टालीनको नेतृत्वमा लडेको रुसले लामो प्रयास पछि जर्मनमाथि जीत हासिल गरेको थियो ।

जुन लडाईमा अनुमानित एक करोड ६० लाख जति रुसी नागरिक मारिएको अनुमान गरिएको छ । -एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी