लखवीको रिहाइले चिन्तित : अमेरिका

लखवीको रिहाइले चिन्तित : अमेरिका

  • शनिबार, चैत्र २८, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, २८ चैत  ।

भारत मुम्बई बम हमलाका मुख्य योजनाकार जकीउर रहमान लखवीको रिहाइप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ता जेफ राथकेले ‘पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको’ भन्दै ‘लखवीको रिहाइ गरेर पाकिस्तानले ठूलो भूल गरेको’ प्रतिक्रिया दिएका छन् ।

साथै, राथकेले लखवीको रिहाइले‘मुम्बई हमलामा मारिएकाहरुप्रति अन्याय भएको’ भन्दै ‘उनका परिवारजनले पनि पाकिस्तानलाई माफी नगर्ने’ जनाएका छन् ।

सन् २००८ मा गिरफतारीमा परेका लखवीलाई लाहोरको उच्च अदालतले गत डिसेम्बरमा जमानतमा रिहा गरेको थियो भने पन्जाब सरकारले उनलाई नजरबन्दमा राख्न फैसला सुनाएको थियो ।

नजरबन्दको निर्णय गलत भन्दै लाहौरको उच्च अदालतले उनलाई रिहा गरेको हो । उनको रिहाइमा भारतले आपत्ति जनाइसकेको छ ।

सन् २००८ मा मुम्बईमा भएको बम हमलामा १ सय ६६ जना मारिएका थिए । (एजेन्सी)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी