भारत र फ्रान्सबीच महत्वपूर्ण सम्झौता

भारत र फ्रान्सबीच महत्वपूर्ण सम्झौता

  • शनिबार, चैत्र २८, २०७१
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, २८  चैत।

भारत र फ्रान्सबीच रक्षा र परमाणु ऊर्जा सम्बन्धमा महत्वपूर्ण सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणका क्रममा दुई देशबीच रक्षा र परमाणु ऊर्जा सम्बन्धमा सम्झौता भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

सम्झौताअनुसार फ्रान्सले भारतलाई ‘३६ रफाएल’ लडाकू विमान बिक्री गर्नेछ भने जैतापुरमा परमाणु ऊर्जा प्लान्ट निर्माण गरिनेछ ।

यस्तै, फ्रान्सले भारतमा तीनओटा ‘स्मार्ट सहर’ निर्माणका लागि पनि सहयोग गर्ने छ ।

भ्रमणका क्रममा फ्रान्सेली समकक्षी फ्रान्स्वा ओलान्डसँगै भारतीय प्रधानमन्त्री मोदीले सेन नदीमा ढुंगा सयर गर्दै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन महत्वपूर्ण विषयहरुमा छलफल गरेको बताइएको छ ।

यसका साथै फ्रान्सले भारतीय नागरिकलाई निवेदन दिएको ४८ घन्टाभित्र भिसा उपलब्ध गराउने निर्णय गरेको छ । यसलाई लागू गर्न प्रक्रियालाई तीव्ररुपमा अघि बढाइने भारतीय अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी