सडकमा राखिएको बम विस्फोट, १२ जनाको मृत्यु

सडकमा राखिएको बम विस्फोट, १२ जनाको मृत्यु

  • शुक्रबार, चैत्र २७, २०७१
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

अफगानिस्तान, २७ चैत ।

अफगानिस्तानको गजनी प्रान्तको एक सडकमा शुक्रबार राखिएको बम विस्फोटमा परी १२ सर्वसधारणको मृत्यु भएको छ ।
प्रान्तीय प्रहरी प्रमुख मोहमाद अलि अहमदीले सो जानकारी दिएका छन् ।

गजनी प्रान्तको खोगीआनी जिल्लाको देहमुल्ललाह गाउँमा राखिएको सो बममा सर्वसाधारण सवार रहेको एक सवारीसाधन ठोक्किदा उक्त दुर्घटना भएको जनाइएको छ ।

स्थानीय समायाअनुसार शुक्रबार बिहान १० बजे भएको सो बम विस्फोटनमा परी १२ व्यक्तिको मृत्यु भएको अहमदीले स्थानीय समाचारदाताहरुलाई जनाएका छन् ।

सो बम आक्रमणमा परी मारिएकामा ६ महिला र ६ बालबालिका रहेका पनि जनाइएको छ । सो क्षेत्रमा यसअघि पनि यस्तै आक्रमण गरिएको थियो ।

तालिवान आतङ्ककारी समूहद्वारा गरिएको यो एक भिषण बम आक्रमण भएको जनाइएको तालिवान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणी भने नगरेका जनाइएको छ । सिन्ह्वा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी