दैनिक २५ हजार गाई काटेर खान्छन् भारतीयहरु !

दैनिक २५ हजार गाई काटेर खान्छन् भारतीयहरु !

  • बिहिबार, चैत्र २६, २०७१
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

नेपालमा आज भोलि गाईको मासु खाने चलन खुलेरै पनि बढेको छ , लुकिछिपि पहिला पनि खाने चलन थियो । तर गाई काटेकै कारण नेपालमा निकै मानिसहरु जेल गएका छन् कारण हिन्दुहरुले गाईको पूजा गर्नु र यो राष्ट्रिय जनावारको रुपमा रहनु ।

लगभग भारतको पनि धेरै राज्यमा गाई काट्न प्रतिवन्ध छ तर पछिल्लो समय भारतमा दैनिक ६१ लाख किलो गाईको मासु विक्री हुने गरेको एक तथ्याङकले देखाएको छ ।

महाराष्ट्र लगायतका अधिकाश भारतीय राज्यहरुमा गाई काट्न सन् १९७६ देखि नै प्रतिवन्ध रहेको छ तर पनि यसरी गाईको मासु विक्री भईरहनुले त्याहाको कानुनले गाई खान पूर्ण निस्तेज नगरेको स्पष्ट हुन्छ ।

२९ राज्य मध्य २४ वटामा गाई काट्न गैरकानुनी हुन्छ । भारतको नेपाली सिमासग‘ जोडिने विहारमा भने गाई काट्न प्रतिवन्ध छैन ।

एक सरकारी स्रोतका अनुसार पाकिस्तानमा काटिने गाई मध्य ७० प्रतिशत गाई भारतबाट तस्करी हुने गरेको छ । हजारौ गाईहरु नेपालबाट समेत भारत हुदै पाकिस्तान सम्म पुग्ने गरेको बताईन्छ ।

यसरी गाई काट्ने खाने प्रवृति बढे पछि भारतमा सन् २००७ को तुलनामा सन् २०१२ मा गाईको संख्यामा एक चौथाईले कमी भएको छ । विश्व हिन्दु परिषद्का केन्द्रीय मन्त्री तथा गाई रक्षा प्रमुख खेमचन्द्र शर्माले भारतमा एकै दिनमा २० देखि २५ हजार गाई पाक्ने गरेको बताएका छन् ।

दुधालु गाई समेत काटेर खाने क्रियाकलाप वृद्धि भए पछि भारतले लक्ष्य अनुसार दुध समेत उत्पादन गर्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी