सप्तरीमा एक हजार मतदाता थपिए

सप्तरीमा एक हजार मतदाता थपिए

  • शुक्रबार, मंसिर ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

सप्तरी, ११ मङ्सिरः सप्तरीमा नौ महिनाभित्र एक हजार २६ मतदाता थपिएका छन् ।

विसं २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा पुरुष दुई लाख ३३ हजार ९६, महिला दुई लाख १३ हजार २८३ र अन्य २३ मतदाता गरी चार लाख ४६ हजार ४०२ मतदाता रहेकामा पछिल्लो नौ महिनाको अवधीमा मतदाता थपिएपछि चार लाख ४७ हजार ४२८ मतदाता पुगेको जिल्ला निर्वाचन प्रमुख रञ्जित कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाल एक हजार २६ मतदाता थपिएपछि जिल्लामा पुरुष दुई लाख ३४ हजार १६, महिला दुई लाख १३ हजार ३९० तथा अन्य २२ मतदाता छन् । पछिल्लो नौ महिनाको अवधिमा पुरुष मतदाता ९२० र महिला मतदाता १०७ थपिएका छन् ।”

जिल्लाका नौ नगरपालिका र नौ गाउँपालिकामा रहेका मतदाताको सङ्ख्या सार्वजनिक गरिएको छ । पालिकागत विवरणअनुसार राजविराज नगरपालिकामा सबैभन्दा बढी ४५ हजार ४६ मतदाता कायम रहेका छन् । कञ्चनरूप नगरपालिकामा ३७ हजार ८६४, सुरुङ्गा नगरपालिकामा ३२ हजार २३९, हनुमाननगर कङ्कालिनी नगरपालिकामा ३० हजार ५३१, डाक्नेश्वरी नगरपालिकामा ३० हजार ३९६, बोदेबर्साइन नगरपालिकामा ३० हजार ३०
७, शम्भुनाथ नगरपालिकामा २५ हजार ५२, सप्तकोशी नगरपालिकामा १५ हजार ८८८ र खडक नगरपालिकामा ३३ हजार ८४ मतदाता रहेका छन् ।

यसैगरी, अग्निसाइर कृष्णासवरण गाउँपालिकामा २० हजार १२, रुपनी गाउँपालिकामा १९ हजार ७०१, छिन्नमस्ता गाउँपालिकामा १९ हजार ८९६, तिलाठी कोइलाडी गाउँपालिकामा २१ हजार ६३८, महादेवा गाउँपालिकामा १८ हजार ७९१, विष्णुपुर गाउँपालिकामा १६ हजार ६९१, बलानबिहुल गाउँपालिकामा १५ हजार ४७८, तिरहुत गाउँपालिकामा १५ हजार २८६ र राजगढ गाउँपालिकामा १९ हजार ५८४ मतदाता रहेको निर्वाचन प्रमुख कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ