अध्यादेश खारेज गर्न नास्ट कर्मचारीको विरोध प्रदर्शन

अध्यादेश खारेज गर्न नास्ट कर्मचारीको विरोध प्रदर्शन

  • शुक्रबार, मंसिर ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

काठमाडौं, शुक्रबार – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीले सरोकारवालासँग छलफल नगरी अध्यादेश ल्याइएको भन्दै शुक्रबार नास्टको प्रांगणमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएकाले तत्काल खारेज गर्न माग गरेका छन्। विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिनुपर्ने उनीहरूको भनाइ छ। प्राविधिक अधिकृत समुन्द्र कँडेलले सुधारका नाममा विद्यमान संस्था कमजोर पार्ने र दक्ष जनशक्ति पलायन गराउने कदम स्वीकार्य नहुने बताए।

कर्मचारीले संस्थामाथि मन्त्रालय र मन्त्रीको दबाब तथा हस्तक्षेप बन्द गर्न, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली र नीति बनाउन माग गरेका छन्। साथै खुला प्रतिस्पर्धाबाट संस्थाको नेतृत्व चयन गर्न, साविकको ऐनअन्तर्गत नियुक्त सबै कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्न र स्वायत्तता कायम राख्न आग्रह गरेका छन्। नयाँ संरचनामा अनावश्यक खर्चको सट्टा सबै प्रयोगशाला सबल बनाउन र अनुसन्धान बजेट बढाउन पनि उनीहरूले माग गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ