स्वास्थ्य अवस्था जटिल बनेपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

स्वास्थ्य अवस्था जटिल बनेपछि डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

  • सोमवार, कार्तिक १६, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

इलाम, १६ कात्तिक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै इलाममा २५औँ पटक सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ।

इलाम अस्पतालका अनुसार उनको उपचारका लागि सेनाको हेलिकप्टर इलाम आउँदै छ।

टाइप-२ मधुमेहबाट पीडित डा. केसीको रगतमा चिनीको मात्रा (ग्लुकोज) खतरनाक स्तरसम्म घटेपछि शनिबार राति करिब ८ बजे इलाम अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको रगतमा ग्लुकोजको मात्रा घट्दै ३६ मिलिग्राम प्रतिडेसिलिटरसम्म पुगेको छ, जसलाई चिकित्सकीय भाषामा गम्भीर हाइपोग्लाइसेमिया भनिन्छ। यस्तै पिसाबमा एसिटोनको मात्रा पनि बढेको पाइएको छ।

चिकित्सकहरूका अनुसार उनको ईसीजी परीक्षणमा कहिलेकाहीँ भेन्ट्रिकुलर प्रिम्याच्योर कम्प्लेक्स (भीपीसी) समेत देखिएको छ। डा. केसीको रक्तचाप १००/६० एमएमएचजी, नाडीको गति प्रतिमिनेट ८० देखि १०८ र रगतमा अक्सिजनको मात्रा ९२ देखि ९६ प्रतिशत रहेको छ।

स्वास्थ्य अवस्था थप बिग्रिएर जीवन नै जोखिममा पर्न सक्ने भन्दै इलाम अस्पतालले थप उपचार र व्यवस्थापनका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ