पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगञ्जमा जनचेतनामूलक र्‍याली

पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगञ्जमा जनचेतनामूलक र्‍याली

  • आइतवार, कार्तिक १५, २०८३
  • मिर्मिरे अनलाइन

  • 608
    SHARES

वीरगञ्ज (पर्सा), १५ कात्तिकः पोलियोको पूर्ण उन्मूलन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाले आज वीरगञ्जमा जनचेतनामूलक र्‍यालीको आयोजना गरेका छन् । पोलियोको पूर्ण उन्मूलन गर्न पोलियो उन्मूलनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले रोटरी क्लब अफ वीरगञ्ज, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसलगायत सङ्घसंस्थाद्वारा आयोजित र्‍याली भारतसँगको सीमावर्ती क्षेत्र रक्सौलको मितेरी पुलसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।

कात्तिक ७ गतेदेखि सुरु भएको पोलियो अन्त्य सप्ताहको समापनको अवसरमा आयोजित र्‍यालीमा सहभागीहरूले ब्यानरसहित ‘इन्ड पोलियो नाओ’ लेखिएको टिसर्ट लगाएका थिए । र्‍यालीमा साइकल, मोटरसाइकल, स्कुटी तथा चारपाङ्ग्रे सवारीसाधनसहित रोट्र्याक्ट क्लब, इन्ट्र्याक्ट क्लब तथा इनर ह्विलका सदस्यहरूको उपस्थिति थियो ।

रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष रोटरियन राकेश मिश्रले मुख्यतया बालबालिकालाई पोलियोबाट सुरक्षित राख्दै नियमित खोपको महत्वबारे सबैलाई जानकारी गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । पोलियो रोगलाई विश्वभरबाटै पूर्ण रूपमा समाप्त गर्नुपर्ने भन्दै उहाँले यसका लागि सचेतना जगाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ