पूर्वमुख्यसचिव अर्याल थप म्यादका लागि सरकारी वकिल कार्यालयमा

पूर्वमुख्यसचिव अर्याल थप म्यादका लागि सरकारी वकिल कार्यालयमा

  • शुक्रबार, मंसिर ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 95
    SHARES

काठमाडौं, शुक्रबार – श्रमिक ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालाई थप म्यादका लागि सरकारी वकिल कार्यालयमा ल्याइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेका उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो। म्याद थपको प्रक्रियापछि उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी छ। अर्याल तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरका पालामा श्रम मन्त्रालयका सचिव थिए, र श्रमिकबाट संकलित रकम विदेश पठाउने निर्णय हुँदा उनी सचिव रहेको प्रहरीको भनाइ छ।

मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा प्रतिश्रमिक थप १०० रिंगिट उठाई एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेश पठाइएको आरोप छ। प्रहरीका अनुसार मुख्य आरोपी कैलाश खड्काको कम्पनी म्याक्रो टेकमार्फत सात लाखभन्दा बढी श्रमिकबाट रकम संकलन गरिएको थियो। यसअघि दुई पूर्वश्रममन्त्री कुँवर र रामेश्वर राय यादवसहित कर्मचारी र निजी कम्पनीका सञ्चालक पक्राउ परिसकेका छन्। प्रहरीले ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ