यामाहाको ‘चङ्गा चेट, जित को नयाँ अपग्रेड’ अभियान सम्पन्न: बुटवलकी सरस्वती खनाल रायमाझीलाई १० लाख ३० हजार रुपैयाँ बम्पर पुरस्कार

यामाहाको ‘चङ्गा चेट, जित को नयाँ अपग्रेड’ अभियान सम्पन्न: बुटवलकी सरस्वती खनाल रायमाझीलाई १० लाख ३० हजार रुपैयाँ बम्पर पुरस्कार

  • बिहिबार, मंसिर १०, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

काठमाडौँ। यामाहा नेपालले आफ्नो चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जित को नयाँ अपग्रेड’ सफलतापूर्वक सम्पन्न गर्दै विजेताहरूलाई पुरस्कृत गरेको छ। ग्राहकका लागि चाडपर्वलाई अझ विशेष बनाउने उद्देश्यले सुरु गरिएको उक्त अभियानमा यामाहाको खरिदसँगै आकर्षक नगद पुरस्कार तथा उपहार जित्ने अवसर प्रदान गरिएको थियो।

यस पहलमार्फत यामाहाले ग्राहकसँग चाडपर्व मनाउँदै यामाहा खरिदको खुसीमा थप मूल्य थप्ने लक्ष्य लिएको थियो। अभियानको बम्पर पुरस्कार बुटवलकी सरस्वती खनाल रायमाझीले जितेकी छन्। उनले यामाहाको आधिकारिक सोरुम बाइकरज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५-एफआई स्ट्रिट र्‍याली हाइब्रिड खरिद गरेबापत १० लाख ३० हजार रुपैयाँ हात पारेकी हुन्।

बम्पर पुरस्कारसँगै देशभरका हजारौँ ग्राहकले १० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्मका आकर्षक नगद पुरस्कार जितेका छन्। अभियान अवधिभर साप्ताहिक विजेताका रूपमा १० हजारभन्दा बढी ग्राहकले एप्पलका ग्याजेट समेत जितेका छन्। एक लाखभन्दा बढी दर्तासँगै अभियानले देशभरका ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ।

यसैगरी, पोखराका तेज बहादुर थापाले नयाँ यामाहा आर१५ एस जितेका छन्। उनले पोखरास्थित यामाहाको आधिकारिक सोरुम भीएडब्लु इन्टरप्राइजेज प्रालिबाट यामाहा रे जेडआर १२५-एफआई स्ट्रिट र्‍याली हाइब्रिड खरिद गरेका थिए। उनको जितले अभियानमा थप उत्साह थप्दै यामाहा खरिदलाई अझ विशेष बनाएको छ।

देशभर १०५ भन्दा बढी आधिकारिक डिलरको सञ्जालमार्फत यामाहाले आफ्ना मोटरसाइकल तथा स्कुटरलाई देशव्यापी रूपमा ग्राहकको पहुँचमा पुर्‍याउँदै आएको छ। सेल्स, सर्भिस र स्पेयर पार्ट्स (३एस) सुविधामा आधारित सेवामार्फत यामाहाले मनपर्ने सवारी खरिददेखि भरपर्दो बिक्रीपछिको सहयोग र वास्तविक स्पेयर पार्ट्ससम्मको पूर्ण अनुभव प्रदान गरिरहेको छ।

गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टप्रतिको प्रतिबद्धतासँगै यामाहाले नेपालको दुईपाङ्ग्रे सवारी बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ