प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

  • सोमवार, मंसिर ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

नयाँ दिल्ली (भारत), ७ मङ्सिरः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बहुआयामिक यातायात तथा पूर्वाधार सम्पर्क सञ्जाल विकाससम्बन्धी ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी गराउनुभएको छ ।

दुई प्रधानमन्त्रीबीचको वार्तापछि हैदराबाद हाउसस्थित विद्या हलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले उक्त योजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा यसको महत्त्वबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभएको हो ।

भारतको उक्त गुरुयोजना सडक, रेलमार्ग, जलमार्ग, विमानस्थल तथा अन्य यातायात पूर्वाधारलाई एकीकृत रूपमा विकास गरी वस्तु तथा यात्रुको आवागमन सहज बनाउने उद्देश्यले प्रधानमन्त्री मोदीले सन् २०२१ मा सुरु गर्नुभएको हो । यसले विभिन्न मन्त्रालय तथा निकायबीच समन्वय गरी पूर्वाधार आयोजनाको योजना निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ