काठमाडौं । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा उपहार साटासाट भएको छ।
भेटघाटमा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई पशुपतिनाथ मन्दिरको पवित्र प्रसादको सेट उपहारस्वरूप प्रदान गरेका छन्। आकर्षक काठको बट्टामा राखिएको उक्त उपहार सेटभित्र रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन समावेश गरिएको छ। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बालेनले मोदीलाई दिएको यो प्रसादको सेट व्यक्तिगत तवरको हो।
यसै अवसरमा भारतीय प्रधानमन्त्री मोदीले भने प्रधानमन्त्री शाहलाई पवित्र गङ्गाजल भरिएको घडा उपहार दिएका छन्।
उता, नेपाली दूतावासको तर्फबाट भने भारतीय प्रधानमन्त्री मोदीलाई मच्छिद्रनाथको उपहार हस्तान्तरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
