दुई प्रधानमन्त्रीबीच हैदराबाद हाउसमा एक्लाएक्लै वार्ता

दुई प्रधानमन्त्रीबीच हैदराबाद हाउसमा एक्लाएक्लै वार्ता

  • सोमवार, मंसिर ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 190
    SHARES

नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा छुट्टै द्विपक्षीय वार्ता सुरु भएको छ। सोमबार बिहान ११:१५ बजे सुरु भएको उक्त एक्लाएक्लै (वान-अन-वान) छलफल आधा घण्टाभन्दा बढी समय चल्ने नेपाली प्रतिनिधिमण्डलका अधिकारीहरूले जानकारी दिएका छन्। प्रधानमन्त्री पद सम्हालेपछि शाह र मोदीबीच भएको यो पहिलो औपचारिक भेट हो।

दुई देशका कार्यकारी प्रमुखहरूबीचको यस भेटमा नेपाल-भारत सम्बन्धका समग्र पाटा र विभिन्न द्विपक्षीय विषयहरूमा गहन मन्थन हुने अनुमान गरिएको छ। विशेष गरी गत भदौमा आएको विनाशकारी बाढीका कारण भोटेकोशी-रसुवा करिडोरका पूर्वाधारमा भएको गम्भीर क्षतिपछि नेपालले माग्दै आएको आर्थिक पुनर्निर्माण सहायता, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ हवाई प्रवेश मार्ग (एयर रुट), ऊर्जा, व्यापार, पारवहन तथा पूर्वाधार विकासका एजेन्डाहरू छलफलको प्राथमिकतामा रहेका छन्।

यसैगरी, दुवै मुलुकबीचको दीर्घकालीन सहकार्य तथा मापनयोग्य लक्ष्यहरू समावेश गरिएको संयुक्त दृष्टिपत्र (जोइन्ट भिज्न डकुमेन्ट) बारे पनि दुई नेताबीच छलफल हुने अपेक्षा गरिएको छ।

एक्लाएक्लै वार्तापछि दुवै देशका प्रतिनिधिमण्डलसहितको विस्तृत बैठक बस्नेछ। त्यसपश्चात् दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट विभिन्न विकास आयोजनाहरूको उद्घाटन गर्ने, सम्झौता तथा समझदारीपत्रहरू आदानप्रदान गर्ने र सञ्चारकर्मीहरूलाई सम्बोधन गर्ने कार्यसूची छ।

यसअघि सोमबार बिहानै राष्ट्रपति भवन पुगेका प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर (सम्मान गारत) प्रदान गरिएको थियो, जहाँ भारतीय प्रधानमन्त्री मोदीले उनलाई स्वागत गरेका थिए। त्यसपछि शाहले राजघाट पुगी राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छ अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए।

भारतीय समकक्षी मोदीको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाह सोमबार भारतीय प्रधानमन्त्रीद्वारा आयोजित दिवाभोजमा सहभागी हुनेछन् भने राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ। भ्रमणका सम्पूर्ण औपचारिक कार्यक्रम पूरा गरी प्रधानमन्त्री शाह सोमबार साँझ नै काठमाडौं फर्कनेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ