काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को राष्ट्रिय भेला–२०८३ को दोस्रो दिनको बन्द सत्र सुरु भएको छ। माइतीघर हाइटस्थित कार्की बैङ्क्वेटमा जारी भेलाको बन्द सत्रमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिइरहेका छन्।
भेलामा आजै पूर्वराष्ट्रपति तथा वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय तथा पार्टीको आगामी कार्यदिशाका सन्दर्भमा महत्वपूर्ण प्रशिक्षण तथा निर्देशक मन्तव्य राख्ने कार्यतालिका छ।
अध्यक्ष ओलीको सम्बोधनपछि राष्ट्रिय भेला औपचारिक रूपमा समापन हुनेछ। भेला समापनलगत्तै अपराह्न ३:०० बजे सोही स्थानमा एमाले केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको नेता सूर्य थापाले जानकारी दिएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline