नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने

नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने

  • बुधबार, मंसिर २, २०८३
  • मिर्मिरे अनलाइन

  • 570
    SHARES

काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।

आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेला आयोजना गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। बुधबार बसेको स्थायी कमिटी बैठकले भेलाका एजेन्डा अनुमोदन गरेको थियो। भेलामा गत असोज ५ गतेदेखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता ल्याउने र पार्टीले गर्नुपर्ने १५ वटा प्रमुख कामबारे गहन छलफल हुने भट्टले बताए।

भेलामा केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३,४१४ जना प्रतिनिधि सहभागी हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ