१ कात्तिक, काठमाडौँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीद्वारा दायर रिट निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।
गत २० कात्तिकमा दर्ता भएको उक्त रिटमा सर्वोच्च अदालतले तिहार बिदापछि ३० कात्तिकका लागि पेसी तोकेको थियो । तर, सो दिन सरकारले छठ पर्वको सार्वजनिक बिदा दिएकाले सुनुवाइ स्वतः सरेको थियो ।
तिहार र छठको बिदापछि मङ्गलबार अदालत खुलेसँगै सर्वोच्च प्रशासनले बुधबारका लागि पेसी तय गरेको हो । बुधबार एक न्यायाधीशको एकल इजलासमा कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।
सरकारले गत १८ कात्तिकमा आईजी दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । सोही दिन सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी र अन्यायपूर्ण रहेको दाबी गर्दै कार्कीले पुनःबहालीसहितको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।