प्रधानमन्त्रीको मंसिर ६ गतेदेखि भारत भ्रमण: सीमा सुरक्षा, ऊर्जा र कनेक्टिभिटी मुख्य एजेन्डा

प्रधानमन्त्रीको मंसिर ६ गतेदेखि भारत भ्रमण: सीमा सुरक्षा, ऊर्जा र कनेक्टिभिटी मुख्य एजेन्डा

  • सोमवार, कार्तिक ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 19
    SHARES

काठमाडौँ । प्रधानमन्त्री आगामी मंसिर ६ गते (नोभेम्बर २२) औपचारिक भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मंसिर ६ गते आइतबार नयाँ दिल्ली जान लागेका हुन्।

परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयको समन्वयमा भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। कुनै आकस्मिक परिमार्जन नभए प्रधानमन्त्री मंसिर ६ गते आइतबार भारत प्रस्थान गर्नेछन्।

उच्चस्तरीय भेटवार्ता र द्विपक्षीय वार्ता
भ्रमणको दोस्रो दिन मंसिर ७ गते सोमबारदेखि औपचारिक वार्ता तथा उच्चस्तरीय भेटघाट सुरु हुनेछ। सो क्रममा प्रधानमन्त्रीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका विशिष्ट अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सोही दिन दुई देशबीच द्विपक्षीय औपचारिक वार्तासमेत हुने तय भएको छ।

भ्रमणका मुख्य एजेन्डा
भ्रमणका क्रममा नेपाल र भारतबीच कनेक्टिभिटी विस्तार, ऊर्जा व्यापार, पारवहन, खेलकुद तथा पूर्वाधार विकासका विषयमा छलफल हुनेछ। साथै, हवाई रुटको विषयलाई पनि छलफलको मुख्य एजेन्डा बनाइएको छ।

प्रधानमन्त्रीले विशेष गरी युवा लक्षित कार्यक्रम तथा खेलकुद (विशेष गरी क्रिकेट क्षेत्र) को विकासमा सहयोगका लागि भारतीय समकक्षीसँग प्रस्ताव गर्ने तयारी गरेका छन्। यसका अतिरिक्त भारतले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुन:स्थापनामा सहयोग गर्ने तयारी गरेको स्रोतले बताएको छ। दुई देशका प्रधानमन्त्रीबीच हुने द्विपक्षीय भेटमा सीमा सुरक्षा र सीमा विवादका विषयमा पनि गहन छलफल हुनेछ।

जनकपुर–अयोध्या सीधा रेल सेवाको संयुक्त उद्घाटन
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय रेल्वे मन्त्रालयले जनकपुरधाम र अयोध्या सीधा रेल सञ्चालन गर्न स्वीकृति दिइसकेको छ। भ्रमणका अवसरमा मंसिर ७ गते दुवै देशका प्रधानमन्त्रीले जनकपुर–अयोध्या रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्ने तयारी भइरहेको छ।

भारतीय विदेश सचिव विक्रम मिश्रीको हालै भएको नेपाल भ्रमणले प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण तयार पारेको थियो। विदेश सचिव मिश्रीसँगको भेटवार्तापछि नै भ्रमणको अन्तिम मिति र एजेन्डा तय गरिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ