कार्कीको रिटमा सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी

कार्कीको रिटमा सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी

  • बुधबार, मंसिर २, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

काठमाडौँ, २ मङ्सिरः सर्वाेच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई सो पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज कारण देखाउ आदेश जारी गर्दै रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश गरेको हो । यसैसन्दर्भमा अदालतले सूचना म्याद तामेल भएको मितिले १५ दिनभित्र महान्यायिधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको हो ।

गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र रिक्त प्रहरी महानिरीक्षकमा डा मनोज केसीलाई नियुक्त गर्ने निणर्य गरेको थियो ।

सरकारले आफूलाई कुनै पूर्वसूचना नदिई तथा सुनुवाइको अवसर प्रदान नगरी प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत पदबाट हटाएको जिकिर गर्दै कार्र्कीले गत कात्तिक २० गते सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सो विषयमा अदालतले यही मङ्सिर ७ गते पेशी तोकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ