सी, ट्रम्प र पुटिनबिच पहिलोपटक ऐतिहासिक त्रिपक्षीय बैठक हुँदै

सी, ट्रम्प र पुटिनबिच पहिलोपटक ऐतिहासिक त्रिपक्षीय बैठक हुँदै

  • बिहिबार, मंसिर ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 38
    SHARES

पहिलोपटक आज सी, ट्रम्प र पुटिनबिच त्रिपक्षीय बैठक हुँदैछ। चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज पहिलोपटक त्रिपक्षीय बैठक हुन लागेको हो।

यसका लागि ट्रम्प र पुटिन बुधबार राति नै चीन पुगिसकेका छन्। चीन पुगेकै रात ऐतिहासिक भेट गरेका विश्वका तीन शक्तिशाली नेताले आज औपचारिक रूपमा त्रिपक्षीय भेटवार्ता गर्दैछन्। दोस्रो विश्वयुद्धपछि शीर्ष तीन देशका नेताहरूबिच हुन लागेको यो पहिलो त्रिपक्षीय बैठक हो।

यस बैठकमार्फत चीनले आफूलाई एक यस्तो शक्ति राष्ट्रका रूपमा चित्रण गर्न चाहेको छ, जसले संयुक्त राज्य अमेरिका र रुसजस्ता प्रमुख देशहरूलाई वार्ताको टेबलमा ल्याउन सक्छ। राष्ट्रपति सी संसारलाई र विशेष गरी आफ्नै जनतालाई आफ्नो नेतृत्वमा चीनको भूमिका विश्वमा ठुलो रहेको तथा अन्य देशले चीनका कुरा सुन्ने र सम्मान गर्ने गरेको सन्देश दिन चाहन्छन्।

यसअघि रुसको राष्ट्रपति कार्यालय (क्रेमलिन) ले भिडिओ जारी गर्दै चिनियाँ समयअनुसार बुधबार राति चीनको सेन्जेनमा तीन नेताबिच ऐतिहासिक भेटघाट भएको जनाएको छ। रुसका सञ्चारमाध्यमले सी, पुटिन र ट्रम्पको त्रिपक्षीय भेटलाई ठुलो कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरिरहेका छन्। रुसका केही सञ्चारमाध्यमले तीन नेताको भेटलाई दिनको सबैभन्दा महत्त्वपूर्ण तस्बिर भनेका छन् भने एक सरकारी समाचार एजेन्सीले उक्त दृश्यलाई ‘ऐतिहासिक हस्तमिलन’ नाम दिएको छ।

रुसस्थित बीबीसी पत्रकार लिसा फोख्तका अनुसार यो क्रेमलिनले संसारसामु प्रस्तुत गर्न चाहेको तस्बिर हो। क्रेमलिनले टेलिग्राममा जारी गरेको भिडिओमा पुटिन, ट्रम्प र सी रातो कार्पेटमा सँगै देखिएका छन्। साथै भिडिओमा सीकी पत्नी पनि उभिएको देखिएको छ। अगस्ट २०२५ मा अलास्कामा भएको रुस-अमेरिका शिखर सम्मेलनपछि ट्रम्प र पुटिनबिच पहिलोपटक प्रत्यक्ष भेटघाट भएको हो।

यसैबिच चीनका राष्ट्रपति सी चिनफिङले स्थानीय समयअनुसार बुधबार राति आफ्नो देश पुगेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गरेका छन्। राष्ट्रपति बनेयता सीले विमानस्थलमै पुगेर कुनै विदेशी नेतालाई स्वागत गरेको यो पहिलोपटक भएको विश्वास गरिएको छ।

सीले ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गर्नु केवल औपचारिकता नभई सुझबुझयुक्त कूटनीतिक कदम ठानिएको छ। यस वर्षको सुरुमा अमेरिका भ्रमणमा जाँदा सीलाई ट्रम्पले पनि विमानस्थलमै गएर स्वागत गरेका थिए। ट्रम्प चीन ओर्लंदा सीले विमानस्थलको रनवेमै रातो कार्पेट ओछ्याएर स्वागत गर्नुका साथै अंकमाल गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ