इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

  • मङ्लबार, मंसिर १, २०८३
  • मिर्मिरे अनलाइन

  • 114
    SHARES

इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचरको सङ्केत रहेको सिएनएनले जनाएको छ ।

गुप्तचर सूचनामा तत्काल आक्रमणको तयारी देखिएको छैन । तर आक्रमण गर्ने निर्णय भए प्रयोग गर्न सकिने विकल्प, सम्भावित स्थान र लक्ष्य पहिचान गरिएको बताइएको छ । योजनालाई कार्यान्वयन गर्ने जनशक्ति इरानसँग छ कि छैन भन्नेमा भने अमेरिकी अधिकारीहरूबीच प्रश्न रहेको छ ।

अमेरिकाभित्र बम बनाउन प्रयोग हुने आणविक वा रासायनिक पदार्थ लुकाइएको हुन सक्ने इरानी दाबीसम्बन्धी सूचना पनि गुप्तचरले प्राप्त गरेको स्रोतले जनाएको छ । यस्तो पदार्थ परम्परागत विस्फोटकसँग मिसाएर ‘डर्टी बम’ बनाउन सकिने बताइएको छ । यसले ठूलो भय फैलाउनुका साथै मानिसलाई बिरामी पार्न र प्रभावित क्षेत्रलाई बसोबासका लागि अनुपयुक्त बनाउन सक्छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बहराइनका विदेशमन्त्री अब्दुल्लातिफ बिन राशिद अल जयानीसँग कुराकानी गर्दै बहराइनमाथि इरानको आक्रमणको निन्दा गर्नुभएको छ । उहाँले खाडी क्षेत्रका साझेदारहरूको सुरक्षाप्रति अमेरिकी प्रतिबद्धता दोहो¥याउनुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

उता, उपराष्ट्रपति जेडी भान्सले इरानसँगको द्वन्द्व लामो युद्धमा परिणत नहुने बताउनुभएको छ । फक्स न्युजसँग कुरा गर्दै उहाँले इरानको आणविक कार्यक्रम अमेरिकाका लागि खतरा भए पनि मध्यपूर्वमा लामो सैन्य प्रतिबद्धता कायम राख्ने अमेरिकी नीति नरहेको स्पष्ट पार्नुभयो । राष्ट्रपति ट्रम्पले अनुकूल परिणामसहित द्वन्द्व अन्त्य गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ