‘द गभर्नर्स टेबल’ : काठमाडौंमा ह्विस्कीको स्वाद र आतिथ्यको विशेष अनुभव

‘द गभर्नर्स टेबल’ : काठमाडौंमा ह्विस्कीको स्वाद र आतिथ्यको विशेष अनुभव

  • सोमवार, कार्तिक ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 285
    SHARES

काठमाडौं, ह्विस्कीको स्वाद, सुगन्ध र परिष्कृत आतिथ्यलाई केन्द्रमा राख्दै काठमाडौंमा ‘द गभर्नर्स टेबल’ नामक विशेष कार्यक्रम सम्पन्न भएको छ। याक एन्ड यतिको डाइनास्टी हलमा आयोजित निमन्त्रणा-आधारित उक्त कार्यक्रममा आमन्त्रित पाहुनाहरूले ह्विस्कीका विविध पक्षबारे जानकारी लिनुका साथै विशेष स्वाद अनुभव गर्ने अवसर प्राप्त गरे।

सागर डिस्टिलरी लिमिटेडको ब्रान्ड ‘द गभर्नर’द्वारा आयोजित कार्यक्रम परम्परागत स्वाद चाख्ने सत्रमा मात्र सीमित थिएन। कार्यक्रममा ह्विस्कीको रङ, चरित्र र सुगन्धबारे जानकारी दिँदै हाइल्यान्ड र स्पेसाइड शैलीका माल्टका विशिष्ट सुगन्ध पहिचान गराइएको थियो। तत्पश्चात् पाहुनाहरूलाई ‘द गभर्नर’ ह्विस्कीलाई निट, अन द रक्स र पानीसँग गरी तीन फरक शैलीमा अनुभव गराइएको आयोजकले जनाएको छ।

ह्विस्कीसँग मिल्ने परिकारहरूको विशेष संयोजनले स्वाद अनुभवलाई थप रोचक बनाएको थियो। औपचारिक स्वाद सत्रपछि ग्रेजिङ टेबल, ककटेल, रात्रिभोज र प्रत्यक्ष गजल प्रस्तुतिसहित कार्यक्रमलाई अनौपचारिक तथा आत्मीय माहोलमा अगाडि बढाइएको थियो ।

ह्विस्कीलाई केवल पेयका रूपमा मात्र नभई स्वाद, सुगन्ध र अनुभवसँग जोडेर प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको ‘द गभर्नर्स टेबल’ले ब्रान्ड अनुभवलाई फरक ढङ्गले प्रस्तुत गरेको छ। स्वादको सूक्ष्मता, खानासँगको संयोजन र गुणस्तरीय आतिथ्यलाई एउटै परिवेशमा समेट्दै कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ